रसिद खानको विस्फोटक ब्याटिङमा गुजरात विजयी
काठमाडौं, वैशाख १५ : अलराउन्डर रसिद खानले बिस्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्स विजयी भएको छ।गयराति भएको खेलमा...
काठमाडौं, वैशाख १५ : अलराउन्डर रसिद खानले बिस्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्स विजयी भएको छ।
गयराति भएको खेलमा गुजरातले सनराईजर्स हैदरावादलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
हैदरावादले दिएको १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पूरा गर्यो। गुजरातलाई अन्तिम ओभरमा २२ आवश्यक थियो। रसिद खानले अन्तिम चार बलमा तीन छक्का प्रहार गरेपछि गुजरात विजयी भएको हो। उनले ११ बलमा ३१ रन प्रहार गरे।
त्यस्तै, गुजरातका रिद्दिमान शाहले ६८ बनाए। हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए।
यसअघि मुम्बइमा पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेट गुमाएर १९५ रन बनाएको थियो। हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन माक्रमले ५६ रन बनाए।
गुजरातका मोहमद शामीले ३ विकेट लिए। यश डायल र अल्जारी जोसेफले १–१ विकेट लिए।
आठ खेलमा सात जित निकालेर शीर्ष स्थानमा उक्लिएको गुजरातले १४ अंक जोडेको छ। हैदरावाद आठ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।












