आचारसंहिता विपरीत समाचार सम्प्रेषण नगर्न अनलाइन पत्रकार संघको आग्रह
काठमाडौं, बैशाख १४ : पत्रकार आचारसंहिता विपरीत कार्य गरेको भन्दै अनलाइन पत्रकार संघले विभिन्न अनलाइन सञ्चारममाध्यमहरूलाइ ध्यानआकर्षण गराएको छ। आगामी वैशाख ३० गते हुने...
काठमाडौं, बैशाख १४ : पत्रकार आचारसंहिता विपरीत कार्य गरेको भन्दै अनलाइन पत्रकार संघले विभिन्न अनलाइन सञ्चारममाध्यमहरूलाई ध्यानआकर्षण गराएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाइर् लिएर विभिन्न अनलाइन सञ्चारमाध्यमहरुमा पत्रकार आचारसंहिता विपरीत विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको पक्ष वा विपक्षमा समाचार प्रकाशन एवं प्रसारण गरेको भन्दै ध्यानकार्षण गराएको हो।
'राज्यको चौथो अंगका रुपमा रहेका सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले कसैको पक्षपोषण नगरी निष्पक्ष र तटस्थ रही सत्य समाचार सम्प्रेषण गर्नु सम्पूर्ण पत्रकारहरुको दायित्व हो,' अनलाइन पत्रकार संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ,'निर्वाचन आचारसंहितामा उल्लेख गरिएअनुसार कुनै पनि सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न पाइने छैन।'
संघका सचिव गोविन्द मरासिनीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा आयोगको उक्त आचारसंहितालाई मध्यनजर गर्दै समाचार सम्प्रेषण एवं प्रकाशन गर्न पत्रकारहरु अनुरोध गरिएको छ।












