Kathmandu Press

सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन अमिटलाई सहयोग

काठमाडाैं, बैशाख १४ : सरकारले सगरमाथा आरोहण गर्न लागेका फरक क्षमता भएका (दृष्टिविहीन) अमिट केसीलाई रोयल्टीबापतको रकम मिनाहा गर्नुका साथै थप १० लाख...
सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन अमिटलाई सहयोग

काठमाडाैं, बैशाख १४ : सरकारले सगरमाथा आरोहण गर्न लागेका फरक क्षमता भएका (दृष्टिविहीन) अमिट केसीलाई रोयल्टीबापतको रकम मिनाहा गर्नुका साथै थप १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम बागलुङ जैमिनी नगरपालिका–४ निवासी केसीलाई रोयल्टी छुट तथा आर्थिक सहयोग गरिएको हो। मन्त्रिपरिषद्को गत चैत २४ गतेको बैठकले केसीले बुझाउनुपर्ने रोयल्टीबापतको रकम मिनाहा गरी थप १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्गण गरेको पर्यटन मन्त्रालयले जनाएको छ। सोही निर्णयअनुरूप रोयल्टी छुट तथा आर्थिक सहयोग गएिको पर्यटन मन्त्रालयले जनाएको छ।

Hardik ivf

सगरमाथा आरोहमा निस्कन लागेका केसीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज मन्त्रालयमा बिदाइ गर्दै केसीको साहसिक कामको सराहना गर्दै आरोहण सफलताको शुभकामना व्यक्त गरे।सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यका साथ केसीले पर्यटन विभागबाट आरोहण अनुमति लिइसकेका छन।

केसीले आफ्नो परिवारको भरणपोषणका लागि खाइपाइ आएको प्राथमिक विद्यालय दृष्टिविहीन राहत दरबन्दीसमेत त्यागेर नेपालको पहिलो र संसारको दोस्रो दृष्टिविहीन व्यक्तिको रुपमा सर्वोच्च शिखर आरोहण गर्ने प्रयासमा रहेको बताए। सोलुखुम्बुको ६,१८६ मिटर उचाइको आइसल्याण्ड पिक, छ हजार ६५४ मिटरको मेरापिक र छ हजार ११९ मिटर उचाइको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहण गरी नेपालको पहिलो दृष्टिविहीन आरोही बनेका थिए।

उनी सगरमाथा आरोहण गर्न सफल भए नेपालकै पहिलो, विश्वकै चौथो र एसियाकै दोस्रो दृष्टिविहीन आरोही बन्ने जनाइएको छ। केसीले सन् २०१७ मा पनि सगरमाथाको आरोहणका क्रममा अक्सिजन सकिएका कारण आठ हजार मिटर आरोहणबाट फर्किनुपरेको थियो। केसीले ‘दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियान २०७८/७९’ नाममा आरोहणमा निस्किएका हुन।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्