Kathmandu Press

फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ, वैशाख १४ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ११ लाख ६९ हजार जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान...
फरार रहेका अभियुक्त पक्राउ
Hardik ivf

काठमाडौँ, वैशाख १४ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ११ लाख ६९ हजार जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विस २०७८ फागुन २९ को फैसलाअनुसार दुई दिन कैद सजाया र विगोबमोजिम रु ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैंक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्