Kathmandu Press

पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई सम्मान गर्ने 

पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई सम्मान गर्ने 

काठमाडौं, वैशाख १४ : पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालले जनाएको हो ।

पठाओको यात्रामा हाम्रा राइडर, क्याप्‍टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझै साथ दिनेहरुलाई योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गर्न लागिएको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताईन् ।

Hardik ivf

पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रम बैशाख १८ गते (मे १) श्रम दिवसको दिन हुने बताइएको छ । यस कार्यक्रमलाई आगमी वर्षहरुमा पनि आयोजना गर्ने हमालले जानकारी दिइन् ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात्  ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सन्चालनमा ल्याएको छ ।
 

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्