Kathmandu Press

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

काठमाडौं, वैशाख १४ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गरेका...
प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

काठमाडौं, वैशाख १४ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूको लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरूवा, बढुवा गरिएको, अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको बताए ।

Hardik ivf

नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान बिशेष पहल गरिएको उनले उल्लेख गरे । कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।  

नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उनले प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धीहरू सहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गरेका थिए । 

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्