Kathmandu Press

'पढाइ कार्यक्रमबाट सिकाइमा सुधार'

काठमाडाैं, वैशाख १४ : राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय...
'पढाइ कार्यक्रमबाट सिकाइमा सुधार'

काठमाडाैं, वैशाख १४ : राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको समीक्षा गरिएको छ।

नेपालको प्राथमिक तहका विद्यार्थीको पठन सीप विकास गर्न सन् २०१५ मा युएसएआइडी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात वर्षे यात्राको आरम्भ गरेको थियो।

Hardik ivf

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले सो परियोजनाले सात वर्षमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले एकीकृत पाठ्यक्रमको कार्यान्वयन, शिक्षक पेसागत विकास र सहयोग, प्रारम्भिक कक्षाका बालबालिकाको सुदृढ पठन सीपबाट सिकाइ उपलब्धिमा सुधारमा सहयोग पुर्‍याएको बताए।

सन् १९५० को दशकमा कलेज अफ एजुकेशनको स्थापनासँगै संयुक्त राज्य अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा सहयोगको थालनी गरेको थियो। त्यस बेलादेखि नै अमेरिकी सरकारले नेपाल सरकारसित सहकार्य तथा मुलुकको शिक्षाको गुणस्तर सुधारका निम्ति निरन्तररूपमा सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्