Kathmandu Press

नेप्से परिसूचकमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ। लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो।...
नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौं, वैशाख १४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ। लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५.१७ अङ्कले सुधार भई दुई हजार ३७६.१७ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६१ अङ्कले उकालो लागेर ४५४.५६ मा पुगेको छ। कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर रु एक अर्ब आठ करोड ९९ लाख दुई हजार ३६ मूल्यमा खरिद बिक्री भए।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८० अर्ब आठ करोड ७० लाख ७० हजार बराबर पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर मूल्य ओरालो लागेको भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

बैंकिङ २.५८, व्यापार ५.३९, लघुवित्त ३.५५ र सामूहिक लगानीकोष ०.१ अङ्कले ओरालो लागेको छ। होटल तथा पर्यटन ३६.७४, विकास बैंक ७५.०१, जलविद्युत् १४, वित्त १४.४९, निर्जीवन बीमा ३०.६९, उत्पादन २२.३४, अन्य ११.३, जीवन बीमा ०.२४ र लगानी ०.३ अङ्कले उकालो लागेको छ। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु पाँच करोड २१ लाख १३ हजार ३३२ बराबरको कारोबार भयो।

यस्तै, हिमालयन डिस्टिलरी रु. तीन करोड ८० लाख ५० हजार ५९९, नेपाल फाइनान्स रु. तीन करोड ३६ लाख दुई हजार ६४४, नबिल बैंक रु तीन करोड २६ लाख ४८ हजार ४२२ र एनआइसी एशिया बैंक रु दुई करोड ८८ लाख ३९ हजार ५७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। नेपाल फाइनान्स ६.८२, राधी विद्युत् कम्पनी ५.५४, ङादी ग्रुप अफ पावर ४.६५ र माहुली लघुवित्तका शेयरधनीले ३.८८ प्रतिशतले कमाए।

त्यस्तै, सानिमा इक्विटी फण्ड ३.८८, सानिमा लार्ज क्याप ३.३७, माउण्टेन इनर्जी नेपाल ३.१८, मानुषी लघुवित्त ३.११ र साना किसान विकास लघुवित्तका लगानकिर्ताले २.९१ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्