Kathmandu Press

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख १४ : नेपालमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ४ हजार १ सय १९ पिसिआर परिक्षणका क्रममा...
थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख १४ : नेपालमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ४ हजार १ सय १९ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार ७ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Hardik ivf

बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ७५ जना निको भएका छन्।

हाल नेपालमा २ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्