दिल्लीमा स्वाइन फ्लुका कारण ११ को मृत्यु
नयाँ दिल्ली, माघ २३ : भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण एक महिनामा ११ जनाको मृत्य भएको छ । दिल्लीको राज्य सरकारले तथ्याङ्क सार्वज....
नयाँ दिल्ली, माघ २३ : भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण एक महिनामा ११ जनाको मृत्य भएको छ । दिल्लीको राज्य सरकारले तथ्याङ्क सार्वजनिक गरेकाे हाे ।
तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।
गत वर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या दुई सय पाँच रहेको र दुई जनाको मृत्यु भएको थियो । यस वर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ ।
जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या पाँच सय १२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको वेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।