Kathmandu Press

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडाैं, वैशाख १४ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु. ११ लाख ६९ हजार जरिवाना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले  बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७८ फागुन २९ को फैसलानुसार दुई दिन कैद सजाय र बिगो बमोजिम रु. ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुंगा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

Hardik ivf

 ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मंगलबार टंगाल काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए।

राईले आफ्नो राष्ट्रिय वाणिज्य बैंक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए। पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेस गरेको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्