Kathmandu Press

मोटरसाइकल चोरीमा संलग्न लामा पक्राउ

काठमाडाैं, वैशाख १४ : नेपाल प्रहरीले काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी...
मोटरसाइकल चोरीमा संलग्न लामा पक्राउ

काठमाडाैं, वैशाख १४ : नेपाल प्रहरीले काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो।

Hardik ivf

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु६४प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ।

मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए। पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए। 

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्