Kathmandu Press

रामधुनी-३ को वडाध्यक्षमा राप्रपाबाट राउतको उम्मेदवारी

काठमाडाैं, वैशाख १४ : राप्रपाबाट रामधुनी-३ को वडाध्यक्षमा धनश्याम राउतको उम्मेदवारी सुनसरीको रामधुनी नगरपालिका–३ को वडाध्यक्षमा धनश्याम राउतले उम्मेदवारी दिएका छन्।धनश्याम राष्ट्रिय प्रजातन्त्र...
रामधुनी-३ को वडाध्यक्षमा राप्रपाबाट राउतको उम्मेदवारी

काठमाडाैं, वैशाख १४ : राप्रपाबाट रामधुनी-३ को वडाध्यक्षमा धनश्याम राउतको उम्मेदवारी सुनसरीको रामधुनी नगरपालिका–३ को वडाध्यक्षमा धनश्याम राउतले उम्मेदवारी दिएका छन्।

धनश्याम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडाध्यक्षको उम्मेदवार बनेका हुन्। वडाध्यक्षमा धनश्यामले नेपाली कांग्रेसका राजकुमार चौधरी, नेकपा एमालेका बुधनारायण चौधरी र नेकपा एकीकृत समाजवादीका प्रकाश दाहालसँग प्रतिस्पर्धा गर्ने छन्।

Hardik ivf

अघिल्लो स्थानीय निर्वाचनमा वडा नं. ३ मा कांग्रेसका राजकुमार चौधरी निर्वाचित भएका थिए। रामधुनीको मेयरका लागि १५ को उम्मेदवारी परेको छ।

मेयरका लागि नेपाली कांग्रेसका सुदीप अधिकारी नेकपा एमालेका शंकरलाल चौधरी, माओवादी केन्द्रका चन्द्रकुमार चौधरी थारु, जनता समाजवादी पार्टीका रामबहादुर खड्का, नेकपा एकिकृत समाजवादीमन सिताराम घिमिरेलगायतले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्