Kathmandu Press

कतारको नयाँ कानुन : नेपाली कामदारको तलव कम्तीमा १ सय ५० रियाल बढ्ने

काठमाडौं असोज ३० : कतार सरकारले विदेशी कामदारको न्युनतम तलव तोक्ने नयाँ कानुन पारित गरेसँगै नेपाली कामदारको तलव बढ्ने भएको छ। 

आगामी जन....

कतारको नयाँ कानुन : नेपाली कामदारको तलव कम्तीमा १ सय ५० रियाल बढ्ने

काठमाडौं असोज ३० : कतार सरकारले विदेशी कामदारको न्युनतम तलव तोक्ने नयाँ कानुन पारित गरेसँगै नेपाली कामदारको तलव बढ्ने भएको छ। 

आगामी जनवरीदेखि लागु हुनेगरी कतार मन्त्रिपरिषद्ले बुधवार न्युनतम तलव लागू गर्ने कानुन पास गरेको हो। यो निर्णयसँगै अब कतारमा स्वदेशी कामदार सरह विदेशी कामदारहरुले पनि सेवा सुविधा पाउने भएका छन्। 

विगत लामो समयदेखि विचाराधिन उक्त कानुन कार्यन्वयनमा आउने भएपछि कतारमा कामदार भिसामा गएका ३ लाख ५० हजार नेपालीले प्रत्यक्ष लाभ पाउने भएका हुन्। 

कतारमा हाल अदक्ष कामदारको तलव मासिक ९ सय कतारी रियाल रहेको छ । तर नेपालबाट जाने कामदारले ७ सय ५० रियाल मात्रै पाउँदै आएका छन् । ‘यो कानुन कार्यन्वयनमा आउने वित्तिकै नेपाली कामदारले न्युनतम ९ सय रियाल तलव पाउने छ्न’ बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले काठमाडौं प्रेससँग भने । यो अहिले नेपाली कामदारहरुले पाउदै आएको तलवमा १ सय ५० रियाल बढि हो। 

जनवरीबाट कम्तिमा अदक्ष कामदारको तलव झन्डै ५ हजार रुपैयाँ बढ्ने समेत अध्यक्ष गैरेको भनाई छ । त्यसका साथै खाना खर्च र ओभरटाइम समेत पाउने भएकोले अदक्ष कामदारको कमाई समेत कतारमा अव नेपाली ५० हजार रुपैयाँको हाराहरी पुग्ने गैरेको भनाईछ। 

९ सय रियाल र खाना खर्च जोडेर पाउने भएकोले नेपालीहरुका लागि झनै आर्कषक श्रम गन्तव्य कतार हुने उनको बुझाई छ । न्यूनतम तलब नतोक्दा नेपाली कामदारले कम्पनीसँग सम्झौता गरे अनुसारको तलब नपाउने गरेका थिए । भने अनुसारको तलव नभएर गुनासो गर्दा पनि कानुन नहुदा नेपालीहरु समस्यामा पर्दै आएका थिए।
नयाँ कानुन पारित भएसँगै कामदारको न्यूनतम तलब तोक्ने कतार खाडीको पहिलो मुलुक भएको छ। ‘कतार सरकारले न्यूनतम तलब तोकेपछि नेपाली कामदारहरु फाइदामा हुनेछन्, यसले कमदार ठगीने सम्भावना पनि घटाउने छ,’ अध्यक्ष गैरेले भने। 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, असोज ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्