पोल भाडा नतिर्ने सेवा प्रदायक कम्पनीको तार काट्ने चेतावनी
काठमाडौं, वैशाख १४ : नेपाल विद्युत् प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइबर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।प्राधिकरणले आज...
काठमाडौं, वैशाख १४ : नेपाल विद्युत् प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइबर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले आज (बुधबार) एक सूचना जारी गरेर टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई पोल भाडाको बक्यौता वैशाख मसान्तसम्म महसुल तिर्न आग्रह गरेको छ।
अधिकांश सेवा प्रदायकले नियमानुसार सम्झौता नगरी वा आंशिक क्षेत्रको मात्रै सम्झौता गरेर विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न र हालसम्मको बक्यौता रकम भुक्तानी गर्न पनि प्राधिरकणले आग्रह गरेको हो।
नियमानुसार सम्झौता नगरे सेवा प्रदायकहरूको लाइन जुनसुकै सयममा काट्न सकिने प्राधिकरणको भनाइ छ। यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने प्राधिकरणले बताएको छ।

प्रकाशित मिति: १३:११ बजे, बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











