विद्युत पोल प्रयोग गरेबापत डेढ करोड राजस्व संकलन
चितवन, वैशाख १४ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत पोल प्रयोग गरेबापत रु. एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व...
चितवन, वैशाख १४ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत पोल प्रयोग गरेबापत रु. एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ। जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो।
भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रालि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।
यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेसन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन्। उनका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु. ३०/३० लाख बुझाउन बाँकी रहेको छ।
अन्य ससाना कम्पनीहरु प्नि रहेको र उनीहरु राजस्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ।
कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजस्व बुझाउन थालेका हुन्।











