सुनको मूल्यमा गिरावट
काठमाडाैं, वैशाख १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले ओरालो लागेर रु. ९९ हजार तोकिएको छ। पहेंलो धातु अघिल्लो...
काठमाडाैं, वैशाख १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले ओरालो लागेर रु. ९९ हजार तोकिएको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ३०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ५०० छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार ३४० मा आएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:२७ बजे, बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











