मर्जरमा नगएपछि हिमालयन र इन्भेस्टमेन्टका सेयरधनीको कारोबार र लाभांश रोक्का
काठमाडौं, वैशाख १४ : मर्जर तोडेको भन्दै नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ।राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार...
काठमाडौं, वैशाख १४ : मर्जर तोडेको भन्दै नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरिएको छ।
गत वर्ष वैशाख ३० गते मर्जरमा जाने सहमति भए पनि एक वर्षसम्म बित्न लाग्दा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाहीस्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो।
दुवै बैंकलाई पुनः अर्को संस्थासँग मर्जरमा जान समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।
प्रकाशित मिति: १२:१७ बजे, बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











