Kathmandu Press

आगलागीबाट दुई घर जलेर नष्ट

आगलागीबाट दुई घर जलेर नष्ट
Hardik ivf

उदयपुर, वैशाख १४ : ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ  चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन्। चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । 

टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए। 

प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। 

प्रकाशित मिति: १०:१४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्