नेपालले अर्को महिना अमेरिकामा लिग-२ खेल्ने
काठमाडौं, वैशाख १४ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अर्को महिनामा अमेरिकामा त्रिदेशीय श्रृंखला खेल्ने भएको छ।त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक...
काठमाडौं, वैशाख १४ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अर्को महिनामा अमेरिकामा त्रिदेशीय श्रृंखला खेल्ने भएको छ।
त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ। जसमा नेपाल, अमेरिका र ओमानबीच प्रतिनिस्पर्धा हुनेछ।
नेपालले पहिलो खेलमा ओमानसँग जेठ २६ गते खेल्नेछ। दोस्रो खेल जेठ २८ मा अमेरिकासँग हुनेछ।
त्यसपछि तेस्रो जेठ ३१ मा ओमानसँग र असार १ गते चौथो खेल अमेरिकासँग खेल्नेछ।
अहिले नेपाल लिग-२ तालिकाको छैटौं स्थानमा रहेको छ। नेपालले १२ खेलमा ६ मात्रै जितेको छ।
प्रकाशित मिति: ०७:५० बजे, बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












