Kathmandu Press

बागलुङमा अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

गलकोट, वैशाख १४ : बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ।नेकपा (एमाले) बाट...
बागलुङमा अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

गलकोट, वैशाख १४ : बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ।

नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए।

'जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो,' उनले भने।

यस्तै काठेखोला–३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको अधिकृत कार्कीले जानकारी दिए। सोही वडामा एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काकले उजुरी दर्ता गराएकी हुन्।

 

प्रकाशित मिति: ०६:४६ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्