‘एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ’
काठमाडाैं, बैशाख १३ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन। नेकपा एमाले,...
काठमाडाैं, बैशाख १३ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन। नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए।
नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए। भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उनको भनाइ छ। भारतले भारतीय रेल वीरगञ्ज हुँदै काठमाडौँ र चीनले केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल यातायातको विस्तारमा चासो देखाएको उनले बताए। अहिले समयससँगै स्वाधीनताको सोच बदलिएको र यसले माटोको रक्षा मात्रै होइन आकाशको अधिकार पनि हो भन्ने धारणा रहेको उनले बताए।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाएको उनको भनाइ छ। भारतसँग सम्बन्धमा रहेका समस्या सुल्झाएको र चीनसँगको सम्बन्ध विस्तार गरिएको उनको भनाइ छ। पार्टी नेतृत्वको सरकारले पेट्रोलियम पदार्र्थ ढुवानीका लागि पाइपलाइन र विद्युत् भार कटौती हटाउन पहल गरेको उनको भनाइ छ। उनले भने, 'विगतदेखि नै रहेको डुबानको समस्या अध्ययन गरेर समाधान अघि बढाइएको थियो।'












