Kathmandu Press

प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं, वैशाख १३ : प्रधान सेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र फ्रान्सका राजदूत गिल्स बौर्बोले जङ्गी अड्डामा भेटवार्ता गरेका छन् ।उक्त अवसरमा फ्रान्सेली सेनाका ब्रिगेडिएर...
प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं, वैशाख १३ : प्रधान सेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र फ्रान्सका राजदूत गिल्स बौर्बोले जङ्गी अड्डामा भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा फ्रान्सेली सेनाका ब्रिगेडिएर जनरल गोफ्री डि लरौजिरेलगायत अन्य पदाधिकारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Hardik ivf

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । 

प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्