Kathmandu Press

हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति

हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति
Hardik ivf

काठमाडाैं, बैशाख १३ : यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन्। विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन्।

त्यस्तै, अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन्। कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि समाज सात समूहले अनुमति लिएको छ। अन्नपूर्ण (८०९१ मि) र नुप्से आरोहणका लागि समान चार समूहले अनुमति पाएको छ। मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा एक आरोही समूहले आरोहण अनुमति लिएका छन्।
    
त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुलीका लागि चार, थापा पिकका लागि चार समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ती हिमाल तथा पिक आरोहणबाट ४४ करोड ८० लाख ९४ हजार रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्