Kathmandu Press

बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी

गलकोट, वैशाख १३ : बागलुङको दश स्थानीय तहमा विभिन्न पदमा एक हजार १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार नगरपालिका, ६ गाउँपालिका र ८५...
बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी

गलकोट, वैशाख १३ : बागलुङको दश स्थानीय तहमा विभिन्न पदमा एक हजार १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

चार नगरपालिका, ६ गाउँपालिका र ८५ वडाका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। 

Hardik ivf

चार नगरपालिकामा प्रमुखका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ गाउँपालिकामा अध्यक्षमा २५ तथा उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै ८५ वडामा वडाध्यक्षमा २६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

महिला सदस्यका लागि १७५, दलित महिला सदस्यका लागि १६९ र सदस्यमा ४०९ जनाले उम्मेदवारी दर्ता गराएको न्यौपानेले जानकारी दिए। 

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्