Kathmandu Press

मकवानपुरमा तीन स्थानीय तहको नेतृत्वका लागि महिला उम्मेदवार

हेटौंडा, वैशाख १३ : मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको...
मकवानपुरमा तीन स्थानीय तहको नेतृत्वका लागि महिला उम्मेदवार

हेटौंडा, वैशाख १३ : मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ। त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बनेका हुन्। 

Hardik ivf

बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बन्नुभएकी माझीबाहेक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुईजना नै सोही पालिकामा स्थानीय निर्वाचन २०७४ मा उपप्रमुख पद जितेका थिए। 

यसैगरी नेकपा एमालेले मनहरि गाउँपालिकामा २५ वर्षीया सुजिता थिङको उम्मेदवारी दर्ता गराएको छ । उक्त उम्मेदवारी दर्तासँगै थिङ कान्छी महिला उम्मेदवारका रुपमा चर्चामा आएकी थिइन्। मकवानपुरको तीनवटा पालिकामा सहमति नजुटेपछि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा दलहरुले आ आफ्नो उम्मेदवार दिएका छन्। 

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्