तिहारमा सयपत्री मालाको मोल एक सय, भाइमसलाको मूल्य नबढ्ने
काठमाडौं, असोज ३० : तिहार नजिकिँएसँगै फूल र भाइमसलाको कारोबार बढ्न थालेको छ। यस वर्षको तिहारमा भाइमसलाको मूल्य नबढेपनि फूलको मूल्य भने बढ्ने भएको छ।
काठमाडौं, असोज ३० : तिहार नजिकिँएसँगै फूल र भाइमसलाको कारोबार बढ्न थालेको छ। यस वर्षको तिहारमा भाइमसलाको मूल्य नबढेपनि फूलको मूल्य भने बढ्ने भएको छ।
तिहारमा सबैभन्दा धेरै कारोबार फूलको माला र भाइसमलाको नै हुने गरेको छ। अन्य समयमा विवाह र ब्रतबन्धमा प्रयोग गरिने फूलको माला तिहारमा भने अत्यधिक माग हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ।
एसोसिएसनका अनुसार यस वर्षको तिहारमा २५ लाखको फूलको माग रहेको छ। जसमा भारतबाट दुई लाख ५० हजार फूल आपूर्ति गरिने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।
यस वर्षको तिहारमा फूलको मूल्य पनि बढ्ने एसोसिएसनले जनाएको छ। एसोसिएसनका अनुसार, सयपत्रीको मालाको मूल्य एक सय रुपैयाँसम्म पर्नेछ।
गत वर्ष एउटा मालाको मूल्य ६० देखि ८० रुपैयाँसम्म परेको थियो। यस वर्ष तिहारमा झण्डै १३ लाख ५० हजारको फूलको कारोबार हुने एसोसिएसनको अनुमान छ।
त्यस्तै, तिहारमा सर्वाधिक बिक्री हुने अर्को सामान हो, भाइमसला। तिहारमा भाइमसलाको कारोबार करोडौंमा हुने गरेको नेपाल खुद्रा व्यापार संघका अध्ययक्ष राजकुमार श्रेष्ठले बताए।
अध्यक्ष श्रेष्ठका अनुसार तिहारको समयमा सबैभन्दा बढी सुख्खा नरिवल, काजु, किसमिस, पेस्ता, बदाम, छकडालगायतको सर्वाधिक व्यापार हुने गरेको छ। गत वर्षको तुलनमा यसवर्ष भाइमसलाको मोल नबढ्ने अध्यक्षण् श्रेष्ठ बताए।
गत वर्ष सुख्खा नरिवल प्रतिकेजी पाँच सय, काजु प्रतिकेजी एक हजार पाँच सय, किसमिस प्रतिकेजी ६ सय, पेस्ता प्रतिकेजी दुई हजार, छोकडा प्रतिकेजी दुई सय २० देखि दुई सय ५० सय रुपैयाँमा बिक्री भएको थियो। ‘यस वर्ष पनि त्यहि हाराहारीमा बिक्री हुन्छ,’ श्रेष्ठले भने।
यस वर्ष सुकमेलको मूल्य भने उच्च रहेको उनले बताए। गत वर्ष प्रतिकेजी तीन हजार थियो भने यस वर्ष पाँच हजार पाँच सय सय रुपैयाँ रहेको छ।
आयातमा समस्या र विचौलियाका कारण मूल्य वृद्धि भएको उनले बताए। ‘नेपालमा उत्पादन हुने भनेको ओखर हो, अरु विदेशबाटै आयात हुन्छ,’ श्रेष्ठले भने।
नेपालमा खपत्त हुने भाइमसला ९० प्रतिशत भारत, चीन, बंगलादेश, पाकिस्तान, क्यानाडालगायत मुलुकबाट आयात हुने उनले बताए। भन्सार विभागको तथ्याङ्कअनुसार, गत वर्षको तिहारकाे तीन महिनामा डेढ अर्ब बराबरको भाइमसला आयात भएको थियो।











