Kathmandu Press

आगलगी हुँदा १५ लाख बराबरको क्षति

आगलगी हुँदा १५ लाख बराबरको क्षति

मलंगवा, वैशाख १३ : मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । 

नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलगीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।    

Hardik ivf

विद्युत चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए। घरमा सुतिरहेको समयमा आगलगी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताउनुभयो । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो । 

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्