Kathmandu Press

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

काठमाडौं, वैशाख १३ : भक्तपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१...
टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

काठमाडौं, वैशाख १३ : भक्तपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले बागमती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

Hardik ivf

दुर्घटनामा स्कुटी चालक काभ्रे घर भइ अहिले भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्ञानेन्द्र गम्भीर घाइते भएका थिए। उनको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:४१ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्