Kathmandu Press

पञ्जाबसँग चेन्नई ११ रनले पराजित

काठमाडौं, वैशाख १३ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ११ रनले पराजित गरेको छ।गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले...
पञ्जाबसँग चेन्नई ११ रनले पराजित

काठमाडौं, वैशाख १३ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ११ रनले पराजित गरेको छ।

गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले १७६ रनमै समटियो। चेन्नईका लागि अम्बाती रायडुले ७८ रन बनाए।

पञ्जाबका कागिसो रबडा र ऋषि धवनले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पञ्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। पञ्जाबका लागि शिखर धवनले अविजित ८८ रन बनाए। चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए।

आठ खेलमा चार वटामा जित निकालेको पञ्जाब आठ अङ्कसहित छैटौं स्थानमा उक्लिएको छ। आठ खेलमध्ये ६ मा हार बेहोरेको चेन्नई चार अङ्कसहित नवौँ स्थानमा झरेको छ।

आईपीएल क्रिकेटअन्तर्गत आज बेलुकी ७ः४५ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: ०७:१४ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्