Kathmandu Press

ज्वालामुखी–२ मा एमालेबाट रामबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार 

ज्वालामुखी–२ मा एमालेबाट रामबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार 

धादिङ, वैशाख १२ : धादिङको ज्वालामुखी गाउँपालिका–२ मा एमालेबाट रामबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार बनेका छन्। सोमबार एमालेबाट वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेको बस्नेतले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

वडाध्यक्षका उम्मेदवार बस्नेत यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट ज्वालामुखी–२ का उम्मेदवार थिए। उनी कांग्रेस उम्मेदवार रणबहादुर शाही सँग पराजित भएका थिए। 

Hardik ivf

माओवादीमा आवद्ध बस्नेत नेकपा विभाजन भई माओवादी र एमाले पुनस्थापना भएपछि एमालेमा लागेका थिए। हाल उनी ज्वालामुखी गाउँकमिटीका सदस्य र २ नम्बर वडा कमिटीका अध्यक्ष छन्। 

२ नम्बर वडाध्यक्षको उम्मेदवारका लागि बस्नेत र ध्रुवकुमार श्रेष्ठले दाबी गरेका थिए। गाउँपालिकाले बस्नेत र श्रेष्ठमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुटाउन नसकेपछि विवाद जिल्ला कमिटीमा पुगेको थियो। जिल्ला कमिटीले बस्नेतलाई नै वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि सोमबार मनोनयन दर्ता गराएका थिए। 

ज्वालामुखी–२ मा बस्नेत उम्मेदवार बनेपछि एमाले वडा कमिटीका अन्य पदाधिकारी रुष्टिएका थिए । ‘अहिले सबै कुरा मिलिसकेको छ, जिल्लाको आधिकारिक निर्णयका आधारमा म उम्मेदवार बनेको हुँ,’ बस्नेतले भने,‘यसपटकको निर्वाचनमा विजयी हुँदै वडाध्यक्ष निर्वाचित हुनेमा विश्वस्त छु।’

ज्वालामुखीमा कांग्रेस र माअ‍ोवादी केन्द्रबीच टकराव रहेका कारण बस्नेतले माओवादी केन्द्रको पनि भोट पाउने दाबी गरेका छन्। केन्द्रले गठबन्धन गर्ने भनेपनि ज्वालामुखी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मध्ये कुनैपनि पद माओवादी केन्द्रले नपाएपछि स्थानीय नेता कार्यकर्ताहरु रुष्टिएका छन्। त्यसकारण पनि माओवादीले कांग्रेसलाई भन्दा भित्रि रुपमा एमालेलाई सघाउने देखिएको छ। 

प्रकाशित मिति: २०:२२ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्