Kathmandu Press

एनसेलका उच्चपदस्थ कर्मचारीसँग र सुदूरपश्चिमका विद्याथीको अन्तरक्रिया 

एनसेलका उच्चपदस्थ कर्मचारीसँग र सुदूरपश्चिमका विद्याथीको अन्तरक्रिया 

काठमाडौं, बैशाख १२ : नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका उच्चपदस्थ कर्मचारीहरू र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) का विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

सोमबार एनसेलका प्रमुख कर्मर्सियल अफिसर प्रदीप श्रीवास्तव, ग्राहक सेवा तथा अपरेसन प्रमुख ज्योती दाहाल, ग्राहक सेवा तथा अपरेसन कमिर्सिएलकी टिम हेड सुमित्रा अर्याल, कमर्सियल कोर्डिनेटर सन्तारा ताम्राकार, प्रोडेक्ट र डिभायस म्यानेजर राजेश मानन्धर, सिनियर स्पेशलिष्ट प्रणय श्रेष्ठ तथा सुदूरपश्चिमका सेल्स प्रमुख नवराज भट्ट लगायतले एसपीएलका विद्यार्थीहरूसँग आफूहरुको अनुभव र कर्पोरेट क्षेत्रका व्यवहारिक ज्ञानबारे अन्तक्र्रिया गरेका हुन् ।

अन्र्तक्रिया कार्यक्रममा एनसेलका प्रमुख कर्मर्सियल अफिसर प्रदीप श्रीवास्तवले एनसेलको ब्रान्ड कलरसँग मिल्दोजुल्दो ब्रान्ड कलर एसएपीएको पनि भएको भन्दै खुशी व्यक्त गरेका थिए । विश्वबजार सबैका लागि खुला भएको उदाहरण दिदैँ उनले जुनसुकै कुनाबाट उदाएका व्यक्तिले पनि अविश्वसनीय सफलता हासिल गर्न सक्ने भन्दै विद्यार्थीहरूलाई प्रेरणा समेत प्रदान गरे । 

‘माइक्रोसफ्टको सिइओ भारतको सामान्य नागरिक बन्नसक्छ भने भोलि यहीका विद्यार्र्थीले पनि थुप्रै प्रगति गर्नसक्छन् । कुँवाको भ्यागुतो बन्ने कि संसारमा छाउने सबै तपाई हाम्रै हातमा छ,’ श्रीवास्तवले भने, ‘सबैको आ–आफ्नो पोटिन्सियल हुन्छ । त्यसलाई चिनेर आफूलाई तिखार्दै लानुभयो भने एकदिन सबैले सफलता चुम्न सक्छ ।’

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट अहमदाबादबाट पोस्ट ग्राज्युएट गरेका श्रीवास्तवले भारत, बंगलादेश, इन्डोनेसियामा रहि टेलिकम्युनिकेसन क्षेत्रमा ३० वर्ष काम गरिसकेको अनुभव बटुलेका छन् ।

एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले अतिथीह’लाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै बहुराष्ट्रिय कम्पनीबाट श्रीवास्ताव जस्ता उच्चपदस्थ कर्मचारीहरू एसपीएमा आउनु ठूलो उपलब्धि भएको बताए ।

‘एसपीए कलेजले आफ्नो विद्यार्थीलाई विद्धता र जीवनप्रतिको चुनौतीलाई कसरी पार लगाउने कसरी आफूलाई मार्केटमा स्थापना  गर्ने कला सिकाउने गर्छन् । त्यो कला सिकाउने भनेको व्यवहार फर्मेसनको कुरा हो,’ क्याम्पस प्रमुख गौतमले भने,  ‘धेरै मान्छेहरुले विश्वविद्यालयको डिग्री हासिल गरेपनि व्यवहारिक जीवनमा फेल खाएका छन। हाम्रो अवधारणा नै स्मार्ट जमानाको स्मार्ट एसपियन भन्ने हो। यस्ता किसिमका ट्वारिङ पर्सानालिटीको जीवन नै आफैमा सयौं किताब पढ्नुभन्दा बढी महत्वपूर्ण हुन्छ। उहाँहरुको कुराले विधार्थीको जीवनमा प्रेरणा मिल्छ। यस्ता गतिविधि हामीले निरन्तर गरिरहेका हुन्छौं र आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’

एसपीएकै एमबीएस अध्ययनरत विधार्थी टंक ओझाको संयोजनमा उक्त अन्तरक्रियात्मक कार्यक्रम भएको हो । धेरैको पहुँचभन्दा पनि बाहिरका व्यक्तित्वहरूसँग एसपीएकै विद्यार्थीहरु सम्पर्कसुत्रका रूपमा रहनु कलेजकै लागि खुशीको कुरा भएको क्याम्पस प्रमुख गौतमले बताए ।

यस्तै, सोही अन्तरक्रिया कार्यक्रममा सहभागी भएकी स्नातक प्रथमवर्षकी विधार्थी नमिता हमालले एसपीए कलेजले सैद्धान्तिक ज्ञानसँगै जीवनलाई व्यवहारिक रुपमा कसरी अघि बढाउने भन्ने कुरालाई पनि निरन्तरता दिएको बताइन् ।
 

प्रकाशित मिति: १९:४८ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्