Kathmandu Press

क्यान इन्फोटेक २०२२ : भायनेटको स्टलमा सेलिब्रेटीको बाक्लो उपस्थिती 

काठमाडौं, बैशाख १२ : क्यान इन्फो टेक–२०२२ अन्तर्गत राखिएको भायनेट कम्युनिकेसनको स्टलमा सेलिब्रेटी  र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् । कलाकार निश्चल बस्नेत, स्वास्तिमा खड्का,...
क्यान इन्फोटेक २०२२ : भायनेटको स्टलमा सेलिब्रेटीको बाक्लो उपस्थिती 

काठमाडौं, बैशाख १२ : क्यान इन्फो टेक–२०२२ अन्तर्गत राखिएको भायनेट कम्युनिकेसनको स्टलमा सेलिब्रेटी  र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् । 

कलाकार निश्चल बस्नेत, स्वास्तिमा खड्का, महिला गेमर इन्दु मल्ल, सागर लम्साल (बले), ¥यापर मिस्टर आरजे लगायतले स्टल भ्रमण गरेका हुन् । 

भायनेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरुसँग अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरू समेत पाएको कम्पनीले जनाएको छ । 

शुक्रबार निश्चल बस्नेत र स्वस्तिमा खड्काले कार्यक्रम स्थलमा उपस्थित फ्यान तथा आगन्तुकहरुसँग अन्तरक्रिया गरेका थिए भने शनिवार इन्दु मल्ल (गेमिङ) ले चुनिएका आगन्तुकहरूसँग पब्जी खेलका केही राउन्ड खेलेकी थिइन् ।

यस्तै, भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गरेको छ ।  उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नुका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू पनि साटेका छन् ।

क्यान इन्फो टेकमा रहेको भायानेटको डि ४० स्टलमा चर्चित कलाकार, गेमर र सेलिब्रेटीहरू बाहेक प्रत्येक आगन्तुकका लागि अन्य रोमाञ्चक अफरहरू समेत रहेको भायानेटले जनाएको छ । जस अन्तर्गत भायानेट स्टलमा आउने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्नेछन ।

क्यान इन्फोटेकमा उत्कृष्ट डिलहरू खोज्न आउने व्यक्तिहरूका लागि भने भायानेटले तीन वटा भायाटिभी र एम आई डुवल ब्यान्ड राउटरको साथमा बन्डल गरिएको भरपर्दो अल्ट«ा–फाई लाइनअपमा १७% छुट दिँदैछ । उक्त अफरको फाइदा उठाउन भने भायानेटको स्टलबाटै अल्ट«ा–फाई सब्स्क्राईब गर्नु पर्ने व्यवस्था रहेको छ ।

यसबाहेक, क्यान इन्फोटेक, भृकुटीमण्डपमा रहेको भायनेट स्टलमा आगन्तुकहरूले नेपाली बजारमा चाँडै लन्च हुने अन्य उपकरणहरू प्रि–अर्डर गर्ने अवसर पाउनेछन्। भने एक जना भाग्यशाली विजेताले ५५ इन्चको एम आई स्मार्ट टिभी जित्न सक्ने व्यवस्था रहेको भायानेटले जनाएको छ । 

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्