Kathmandu Press

मनोनयनबारे कुरा नमिल्दा माओवादी कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक, वैशाख १२ : स्थानीय तहको उमेदवारी मनोनयनबारे कुरा नमिल्दा माओवादी केन्द्रका कार्यकर्ताबीच सिन्धुपाल्चोकमा झडप भएको छ।टिकट पाउने र नपाउने माओवादीका दुई पक्षबीच...
मनोनयनबारे कुरा नमिल्दा माओवादी कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक, वैशाख १२ : स्थानीय तहको उमेदवारी मनोनयनबारे कुरा नमिल्दा माओवादी केन्द्रका कार्यकर्ताबीच सिन्धुपाल्चोकमा झडप भएको छ।

टिकट पाउने र नपाउने माओवादीका दुई पक्षबीच भएको झडपका कारण उत्पन्न परिस्थितिलाइृ नियन्त्रणमा लिन प्रहरीको केही राउन्ट अश्रुग्याँस प्रहार गरेको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार चौतारा नगरपालिकामा–५ मा असन्तृष्ट पक्षले सुरुमै पार्टी कार्यालय तोडफोड गरेको थियो। असन्तुष्ट पक्षले उमेदवारी दिन जानेलाई बाटोमा अवरोध गरेपछि विवाद सुरु भएको बताइएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्