Kathmandu Press

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख १२ : नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ६ सय ४२ पिसिआर परिक्षणका क्रममा...
थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख १२ : नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ६ सय ४२ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार १ सय ३३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

सोमबार पनि कोरोनका कारण कसैको पनि मृत्यु भएको छैन।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ४० जना निको भएका छन्।

हाल नेपालमा २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्