Kathmandu Press

साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, वैशाख १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नागार्जुन नगरपालिकाको कारखाना चोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।सङ्घीय...
साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, वैशाख १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नागार्जुन नगरपालिकाको कारखाना चोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका अग्रगमन पक्षधर साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताए। 

Hardik ivf

पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले अहिलेको चुनावमा जनताले अग्रगमन पक्षलाई अनुमोदन गर्ने व्यक्त गरे। पार्टीका नेत्री शोनाम लामाले नार्गाजुन नगरपालिकाभित्र रहेका प्राचीन सम्पदास्थलको संरक्षण पर्यटकीयस्थल तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्न जसपाले त्यस क्षेत्रको नेतृत्व गर्नुपर्नेमा जोड दिए। 

नागार्जुन निर्वाचन प्रचारप्रसार समितिका सदस्य शङ्कर लामाले कार्यालयको स्थापनाले स्थानीय तहको चुनावमा आवश्यक कागजात संकलनका साथै चुनाव प्रचारका कार्यक्रम तथा पार्टीका साङ्गठनिक गतिविधि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्