नेपाली कांग्रेसको प्रतिबद्धता : असल शासन र जवाफदेहिता
काठमाडाैं, वैशाख १२ : नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ।स्थानीय तहको निर्वाचनका...
काठमाडाैं, वैशाख १२ : नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा स्थानीय तहमा असल शासन सार्वजनिक सेवा प्रवाह एवं चुस्त कार्यप्रणालीका लागि महत्वपूर्ण स्तम्भका रुपमा रहने उल्लेख गरिएकोे होे।
असल शासन र जवाफदेहिता एकअर्काका अभिन्न अंग भएकाले यसलाई पूर्णरुपमा पालना गर्ने कांग्रेसको प्रतिबद्धता छ।
स्थानीय सरकारले सरकार सञ्चालनका क्रममा नागरिकलाई प्रत्यक्ष सहभागी गराउनुपर्ने र नागरिक पनि सरकारको प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिइएको छ।
'स्थानीय सरकार जवाफदेही हुनुपर्छ भने नागरिकले खबरदारी गर्नुपर्छ। स्थानीय सरकारको आधारभूत सिद्धान्त र प्रस्तावना पनि यही हो, नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सम्पूर्ण स्थानीय सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुनेछन्,' घोषणापत्रमा भनिएको छ।
स्थानीय तहले सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक काम गर्ने घोषणा पत्रमार्फत सार्वजनिक गरिएको र यसका लागि जनताले निरन्तर खबरदारी गर्न पनि पार्टीले आह्वान गरेको छ।












