मेलुङ एसको भागमा परेपछि कांग्रेसका लामाले दिए स्वतन्त्र उम्मेदवारी
दोलखा, वैशाख १२ : दोलखाको मेलुङ गाउँपालिकामा कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएको छ। गठबन्धनको भागबण्डा अनुसार मेलुङ गाउँपालिका एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस नेता पेमा दोर्जे...
दोलखा, वैशाख १२ : दोलखाको मेलुङ गाउँपालिकामा कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएको छ। गठबन्धनको भागबण्डा अनुसार मेलुङ गाउँपालिका एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस नेता पेमा दोर्जे लामाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
तरुण दलका नेतासमेत रहेका उनले गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।
कांग्रेस मेलुङमा प्रभावशाली मानिने लामाले गाउँपालिकामा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी पालिकाको प्रमुख पदहरु छाडेकामा विरोध गरेका छन् ।
उनले पार्टीले गाउँपालिकामा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पदहरु छाडेको विरोधस्वरूप आफुले उम्मेदवारी दिएको बताए ।
प्रकाशित मिति: ११:३२ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












