Kathmandu Press

ललितपुरको मेयरमा ८ जनाको उम्मेदवारी दर्ता 

ललितपुरको मेयरमा ८ जनाको उम्मेदवारी दर्ता 

काठमाडौं, वैशाख ११ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको चुनावमा आज आइतवार मेयरका लागि आठ जनाको उम्मेदवारी परेको छ । 

यस्तै उपमेयरमा तीन जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ । आज मेयरको पदमा उम्मेदवारी दर्ता गराउनेमा राप्रपाबाट अष्टबहादुर महर्जन, विवेकशील साझाबाट उज्जवल श्रेष्ठ, नेकपा मालेबाट मोहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन रहेका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सनी कपुर महर्जन, आमूल परिवर्तन मसिहा पार्टीकी सपना महर्जन, मौलिक जरोकिलो पार्टीकी सपना श्रेष्ठ र स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।  

यस्तै उपमेयर पदमा मनोनयन दर्ता गराउनेमा राप्रपाकै स्वर्णिमा शाक्य, नेमकिपाकी ममिता श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार रत्न व्यञ्जनकार रहेका छन् । 

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्