वैशाख १५ भित्रै खटाइएको स्थानमा हाजिर हुन कर्मचारीलाई आयोगको निर्देशन
काठमाडौं, वैशाख ११ : निर्वाचन आयोगले वैशाख १५ गतेभित्र कर्मचारीहरूलाई खटाइएको स्थानमा हाजिर हुने व्यवस्था गर्न सरोकारवालालाई निर्देशन गरेको छ।सरुवा, काज र पदस्थापन...
काठमाडौं, वैशाख ११ : निर्वाचन आयोगले वैशाख १५ गतेभित्र कर्मचारीहरूलाई खटाइएको स्थानमा हाजिर हुने व्यवस्था गर्न सरोकारवालालाई निर्देशन गरेको छ।
सरुवा, काज र पदस्थापन भएका कर्मचारीहरू खटिएको निकायमा हाजिर हुन नगएको भन्ने गुनासो प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको अनुदानमा सञ्चालित संस्था र निकायलाई २०७८ फागुन १६ को निर्देशन बमोजिम चैत १५ गतेभित्र कर्मचारी खटाइएको थियो।
तर, तीमध्ये कतिपय कर्मचारीहरु खटाएको स्थानमा नगएको भन्ने गुनासो आएपछि आयोगले ध्यानाकर्षण गराएको हो।
प्रकाशित मिति: १९:२२ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











