Kathmandu Press

हेटौंडा उपमहानगरपालिकाको प्रमुखका लागि ७ जनाको मनोनयन दर्ता

काठमाडौं, वैशाख ११ : आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार हेटौंडा...
हेटौंडा उपमहानगरपालिकाको प्रमुखका लागि ७ जनाको मनोनयन दर्ता

काठमाडौं, वैशाख ११ : आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । 

आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले मनोनयन दर्ता गराएका हुन् । 

हेटौंडाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । 

यसैगरी स्वतन्त्रबाट हेटौंडाको मेयर पदका लागि लिला कुमारी आचार्य र देव राज पौडेलले मनोनयन दर्ता गराएका छन् । यता हेटौंडाको उपमेयर पदका लागि भने २ जनाले मात्र मनोनयन दर्ता गराएका छन् । 

उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् ।
 

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्