Kathmandu Press

काँग्रेसले बनायो टिकट वितरणका लागि संसदीय समिति

काँग्रेसले बनायो टिकट वितरणका लागि संसदीय समिति

काठमाडौं, वैशाख ११ : नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।

काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको हो ।

बाँकी सदस्य पछि थपिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्