Kathmandu Press

सफा हिमाल अभियान~२०२२ को टोलीहरु आधार शिविरमा

काठमाडौं, वैशाख ११ : सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल...
सफा हिमाल अभियान~२०२२ को टोलीहरु आधार शिविरमा
Hardik ivf

काठमाडौं, वैशाख ११ : सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरु योजनानुसार आ–आफ्नो आधार शिविरमा पुगेका छन् । 

सफाइ अभियान अन्तर्गत सगरमाथा ल्होत्सेमा खटिएका टोली गत वैशाख १ गते कञ्‍चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर मा पुगेका हुन् । आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्‍न गरेका छन् । 

बेश क्याम्प पुगे पश्चात उक्त टोलीहरुले फोहोर संकलन गर्ने कार्य शुरु गरेका छन् । हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीहरुसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य मिति २०७९ जेष्ठ २२ गतेसम्म संचालन गर्नेछन् । 

प्रकाशित मिति: १८:४० बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्