बुटवलकाे जंगलमा दम्पतीकाे शव फेला
काठमाडाैं, बैशाख ११ : बुटवलको एक जंगलमा दम्पतीकाे शव फेला परेकाे छ। बुटवल उपमहानगरपालिका ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती...
काठमाडाैं, बैशाख ११ : बुटवलको एक जंगलमा दम्पतीकाे शव फेला परेकाे छ। बुटवल उपमहानगरपालिका ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ।
शव वडा नं. ७ शिवनगर सामुदायिक वनमा फेला परेकाे हाे।
आफन्त भेट्न भन्दै बैशाख ६ गते घरबाट हिडेका उनीहरू नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ।
उनीहरू छोरी तथा बुहारीसँगै बस्दै आएका थिए। उनीहरूको शवनजिक शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकाे प्रहरीले जनाएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १८:३० बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











