Kathmandu Press

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका ३ बुटहास्थित सडकमा ना.७ त २०४८ नम्बरको ट्याक्टरले लु.२१ प ७५२१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका ३ बुटहास्थित सडकमा ना.७ त २०४८ नम्बरको ट्याक्टरले लु.२१ प ७५२१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ११ गैडाहवा बस्ने ४५ वर्षीय बाबुलाल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

Hardik ivf

यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अस्लाम धुनियाकी छोरी ३ वर्षीया मरेम धुनियाको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी
गरिरहेको छ ।

ईलाम, सूर्योदय नगरपालिका ४ श्रीखोलास्थित सडक किनाराको नालामा को. ३३ प १५५२ नम्बरको मोटरसाइकल गएराति राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका ४ कंचनवारी घर भएका ३३ वर्षीय सुरज दनुवारको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्