बुद्ध एयरको जहाजमा बेवारिसे अवस्थामा भेटियाे १० हजार अमेरिकी डलर
काठमाडौं, वैशाख ११ : बुद्ध एयरको जहाजमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ।भद्रपुरबाट काठमाडौं आएको विमानमा शनिबार १ सय दरका...
काठमाडौं, वैशाख ११ : बुद्ध एयरको जहाजमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ।
भद्रपुरबाट काठमाडौं आएको विमानमा शनिबार १ सय दरका १ सय ८ थान नोट भेटिएको प्रहरीले जनाएको छ। त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको विमान पार्किङ स्थलमा विमानस्थल सो रकम भेटिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको र त्यसलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ।
प्रकाशित मिति: १७:५८ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












