Kathmandu Press

एकीकृत समाजवादीकाे असहमतिबीच गठबन्धनले टुंग्यायाे मकवानपुरकाे भागबन्डा

एकीकृत समाजवादीले प्रदेशस्तरीय गठबन्धनबाट भएको भागबन्डा मकवानपुरको हकमा दुई पालिकमा मात्र मान्य हुने, बाँकी ८ वटामा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ।
एकीकृत समाजवादीकाे असहमतिबीच गठबन्धनले टुंग्यायाे मकवानपुरकाे भागबन्डा

हेटौंडा, वैशाख ११ : सत्तारुढ गठबन्धनले मकवानपुरको भागबन्डा टुंग्याएको छ।

आज (आइतबार) गठबन्धनको वागमती प्रदेशस्तरीय बैठकले १० वटा स्थानीय तह रहेको मकवानपुरको भागबन्डा टुंग्याएको हो। भागबन्डाका लागि भएको सहमतिपत्रमा काग्रेस र माओवादी केन्द्रको मात्र हस्ताक्षर रहेको, नेकपा एकीकृत समाजवादीले त्यसप्रति असहमति जनाएको बताइएको छ।

बैठकले काग्रेसलाई ५, माओवादी केन्द्रलाई ३ र एकीकृत समावजादीलाई २ वटाको मुख्य पद भागबन्डा जनाइएको छ।

कांग्रेसले बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिनेछ भने माओवादी केन्द्रले थाहा नगरपालिका, वाग्मती र भीमफेदी गाउँपालिका मुख्य पदमा उम्मेदवारी दिनेछ।

नेकपा एकीकृत समाजवादीको भागमा हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका मुख्य पदको उम्मेदवार परेको जनाइएको छ। यी सबै पालिकामा प्रमुख र उपप्रमुखको नाम भने टुंगिन बाँकी छ।

यसैबीच एकीकृत समाजवादीले प्रदेशस्तरीय गठबन्धनबाट भएको भागबन्डा मकवानपुरको हकमा दुई पालिकमा मात्र मान्य हुने, बाँकी ८ वटामा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ।

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्