Kathmandu Press

सल्यानमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

सल्यान, वैशाख ११ : छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ। बागचौर नगरपालिका-६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु...
सल्यानमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
Hardik ivf

सल्यान, वैशाख ११ : छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ। बागचौर नगरपालिका-६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ।

बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै र सहचालक विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यसैबीच बिहे भोज खाएर घर फर्किने क्रममा एक शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ५४ वर्षीय शिक्षक शप्तप्रकाश मल्लको बिहे भोज खाएर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहे भोज खान गएका मल्ल आज बिहानसम्म पनि घर नफर्केपछि खोजी गर्दा मृतावस्थामा परिवारले फेला पारेका थिए। 

मल्ल स्थानीय नव सर्वसाधारण मावि रातामाटामा कार्यरत भएको पारिवारिक स्रोतले जनाएको छ। शव परीक्षणका लागि सल्यान अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्