Kathmandu Press

जसपा घोषणापत्र : प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० युवालाई रोजगारी (पूर्णपाठसहित)

जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दूर्गमवासी, महिला, लैंगिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता जनाएको छ।
जसपा घोषणापत्र : प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० युवालाई रोजगारी (पूर्णपाठसहित)

काठमाडौं, वैशाख ११ : जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔं, विकास र समृद्धिको अभियान अघि बढाऔं भन्ने नारा दिएर स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो। निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ।

जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरून्त कानुनी कार्वाही गरिने जनाएको छ।

त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिनुभयो। त्यस्तै स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए।

पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँगाउँमा स्वस्थकर पिउने पानी, फोहरमैला व्यवस्थापनका बिषय र बिपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए।

त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै बिकासको योजनालाई अघि बढाउने प्रतिबद्धता जनाए। लोकतन्त्रलाई जनताको घरदैलोमा पुराउने र तल्लोतहबाटै बिकास गर्ने योजना आफुहरुको रहेको उनको भनाइ छ।

जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दूर्गमवासी, महिला, लैंगिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता जनाएको छ।

आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू. १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्