कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी
धनगढी, वैशाख ११ : कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरस्थित मुक्त कमैया विपतपुर शिविरमा भीषण आगलागी भएको छ।आइतबार दिउँसो खेतमा गहुँको नल बाल्न लगाइएको आगो...
धनगढी, वैशाख ११ : कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरस्थित मुक्त कमैया विपतपुर शिविरमा भीषण आगलागी भएको छ।
आइतबार दिउँसो खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट फैलँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहे पनि हावाहुरी चलेका कारण समस्या भइरहेको जनाइएको छ।
घर रहेको उक्त शिविरका आगलागीका कारण दर्जनभन्दा बढी घर जलेर नष्ट भएको बताइएको छ। प्हरीका अनुसार त्यहाँ करिब ८० घरधुरीको बसोबास छ।
आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने कैलाली प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:१० बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











